Comments Add Comment

माहामाही जात्राबाट घर फर्किदै गरेकी १६ वर्षिय कोशोरीमाथि निर्घात कुटपिट, उपचारका लागि गोकुलेश्वर पठाइयो


१ मंसिर २०८१, दार्चुला।
जिल्लाको लेकम गाउँपालिका -२ कुणी माहामाही लाग्ने रात्रीकालीन जात्रामा एक किशोरीमाथि कुटपिट भएको जानकारी छ।

लेकम-१ की घर बताउने अन्दाजी १६ वर्षिय किशोरी संगिता बोहरा लेकम २ हुनैनाथ मन्दिर(जात्रा लागेको मन्दिर भन्दा ६,७ सय मिटर टाढा) को गेट भन्दा ५० मिटर तल बिहान ५ बजेतिर ३ जना अपरिचित केटाहरुले घरजाने बाटोमा कुटपिट गरी भागी फरार भएको र तत्काल प्रहरीले उद्धार गरी किशोरीलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पठाएको छ।

कुटपिट भएकी किशोरी लाई हेर्दा घाटिनेर सामान्य निलडाम भएको भगवती जात्रामा खटिएका प्रहरी कर्मचारीबाट जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment