Comments Add Comment

अपिहिमाल गाउँपालिका: होमस्टेका लागि रैृान पाक शिक्षा तालिम सम्पन्न

अपिहिमाल गाउँपालिका: होमस्टेका लागि रैृान पाक शिक्षा तालिम सम्पन्न

दार्चुलाको अपि हिमाल गाउँपालिकामा सञ्चालन गरिएको पाँचदिने होमस्टे ब्यबस्थापन तथा रैथाने पाक शिक्षा तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नेपाल सरकार महिला बबालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग,अपिहमिाल गाँउपालिकाको समन्वय र आरती फाउन्डेसन नेपालको आयोजनमा, राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत पाँच दिने होम स्टे ब्यबस्थापन तथा रैथाने पाक शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको अपिहिमाल गाउँपालिका उपाध्यक्ष देवकी देवि बोहराले जानकारी दिनुभयो ।

पालिकाको वडा नम्बर १,२,३,४ का महिलाहरुलाई तालिम दिइएको उपाध्यक्ष बोहराले बताइन । गाउँमा भएका महिलाहरुलाई आर्थीक उपार्जनमा सक्षम बनाउन तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

तालिममा स्थानिय खानाका परिकार जिरा भात,जोगी भात,फर्सीको हलुवा,फर्सीको बल,केराको चिप्स,सिस्ने मःम,च्याख्लाको खिर,टिवेतियन रोटि, पिडालु चप,लालिगुराँसको जुस लगायत बिभिन्न परिकारहरुको बारेमा तालिम दिइएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment