Comments Add Comment

माओवादी केन्द्रद्वारा नेवा र तामसालिङ जागरण अभियान सुरू


माओवादी केन्द्रद्वारा नेवा र तामसालिङ जागरण अभियान सुरू

२० जेठ २०८२, दार्चुला।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले काठमाडौं उपत्यकामा केन्द्रित नेवा र तामसालिङ जागरण अभियानको थानकोटबाट सुरूवात गरेको छ।

२० जेठमा आयोजित कार्यक्रममार्फत अभियान प्रारम्भ गरिएको हो। पार्टीका अनुसार, अभियानमार्फत उपत्यकाको जातीय, भाषिक र सांस्कृतिक पहिचानलाई सम्मान गर्दै जनजागरण, संगठन विस्तार र राजनीतिक सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा पार्टीका केन्द्रिय नेता, स्थानीय प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment