Comments Add Comment

दार्चुला जीप दुर्घटना Update : ८ जनाको मृत्यु, ५ जना घाईते


३० कार्तिक २०८१, दार्चुला।
मालिकार्जुन धाममा लागिरहेको जात्राबाट दर्शन गरी (घर फर्किदैगर्दा)  गोकुलेश्वर तर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको जिप्रका दार्चुलाले जनाएको छ।

म १ ज ३३८ नम्बर को (बन्दबडी) बोलेरो जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो भने ५ जना घाईते भएको र घाइतेहरुको उपचार लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर आउँदै गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा , सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन् ।

यस्तै चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भिर चोट रहेको छ भने ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाईते भएको बताईएको छ । घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment