Comments Add Comment

पूर्व मन्त्री बडू प्राविधिक टोलीसहित जिल्ला भ्रमणमा

पूर्व मन्त्री बडू प्राविधिक टोलीसहित जिल्ला भ्रमणमा

०७ कार्तिक , दार्चुला।
प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडू यतिबेला प्राविधिक टोलीसहित जिल्ला भ्रमणमा निस्किएका छन्। आफुले बजेट पारेका स्थानहरुमा गई अवलोकन गरिरहेका बडूले हिजो मालिकार्जुन गाउँपालिका -४ स्थित हुनैनाथ मन्दिर औतालेकमा गई अवलोकन गरेको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हंसराज भट्ट ले जानकारी दिए।

औतालेक मन्दिरमा पहिरो नियन्त्रण तथा मन्दिर निर्माणका लागि संघिय सरकार अन्र्तरगत बन तथा भु–संरक्षण मन्त्रालयको एक करोड बजेटमा पहिरो नियन्त्रण तथा पूर्वाधार विकास कार्यालयको एक करोड बजेटमा मन्दिर निर्माण हुने सांसद बडूको सचिवालय जनाएको छ। हिजो नै बडू नेतृत्वको टोलिले नेपाल भारत जोड्ने पुलको पनि अवलोकन गरेको जानकारी छ।

सांसद बडू नेतृत्वको टोलिमा मंगलवार (हिजो) दार्चुलाबाट प्रदेश सांसद विक्रम सिंह धामी, मालिकार्जुन गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी , सम्बन्धित मन्त्रालय तथा कार्यालयका प्रमुख, इन्जिनियर, स्थानीय समाजसेवी वुद्धिजिवी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी वडा नम्बर–४ का वडा अध्यक्ष धनसिंह धामी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थितिमा स्थलगत अनुगमन एंव (डीपीआर) निर्माणबारे आवश्यक छलफल भएको नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका सभापती किशन सिंह सामन्तले जानकारी दिनुभयो ।

नेपाल भारत जोड्ने मोटरेवल पुल: तस्विर सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment