Comments Add Comment

बैतडी जीप दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु, ६ जना घाइते

बैतडी जीप दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु, ६ जना घाइते

दार्चुला, असार २८ गते।
बैतडीको पाटन–६ खिपालीमा भएको जीप दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४–००१ज १३७२ नम्बरको जीप शनिबार बिहान करिब साढे ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय जीप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको मृत्यु भएको छ।

घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी २ वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीया कलमा धामी रहेका छन्।

गम्भीर घाइते भएका राजेन्द्र राना र कलमा धामीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार जीप सडकबाट करिब १०० मिटर तल भिरमा खसेर थामिएको हो। दुर्घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment