Comments Add Comment

वैदेशिक रोजगारी प्रकरणमा छानबिन होस्, दोषी जो–कोही भए पनि कारबाही होस् : सांसद मनिष झा


वैदेशिक रोजगारी प्रकरणमा छानबिन होस्, दोषी जो–कोही भए पनि कारबाही होस् : सांसद मनिष झा
२० जेठ २०८२, दार्चुला।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले हाल चर्चामा रहेको वैदेशिक रोजगारीसम्बन्धी ठगी प्रकरणमा दोषी जो–कोही भए पनि कानुनी कारबाहीको माग गरेका छन्।

सामाजिक सन्जाल मार्फत उनले गृहमन्त्री वा अध्यागमनका कर्मचारी मात्र होइन, प्रणालीमै रहेका समस्याको समग्र समाधान आवश्यक रहेको बताए। “हाम्रो लागि पात्रहरूभन्दा पनि समस्या समाधान महत्वपूर्ण हो,” झाले स्पष्ट पारे।

उनले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिक अध्यागमन प्रक्रियामै ठगिन, लुटिन वा जोखिममा पर्न बाध्य भइरहेको उल्लेख गर्दै अब यस्तो अवस्था अन्त्य हुनुपर्ने बताए। “भोलिदेखि कोही नेपाली नठगियोस्, नलुटियोस्, बाकसमा आउन नपरोस्, बलात्कृत हुन नपरोस् भन्ने हाम्रो चाहना हो,” उनले भने।

सांसद झाले यो प्रकरणले गम्भीर राष्ट्रिय चिन्ता उठाएको भन्दै दोषी चाहे आफन्त, पार्टी सदस्य वा कर्मचारी जो–कोही भए पनि उन्मुक्ति दिन नहुनेमा जोड दिए। साथै, यो समस्या समाधानका लागि विशेष छानबिन समिति वा आयोग गठनको आवश्यकता औंल्याउँदै वैदेशिक रोजगारी ऐन, २०६४ पश्चात गृहमन्त्रालयमा रहेका सबैको भूमिकाको छानबिन हुनुपर्ने माग गरे।

उनले भने, “यो समस्याको समाधानका लागि ‘मेरो मान्छे’ र ‘तेरो मान्छे’ भन्ने बौद्धिक दरिद्रता त्याग्नुपर्छ। मिलेर समाधान गरौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment