Comments Add Comment

अपिहिमाल गाउँपालिका: १ हजार ७ सय बढीले लिए घुम्ति शिविरबाट सेवा

अपिहिमाल गाउँपालिका: १ हजार ७ सय बढीले लिए घुम्ति शिविरबाट सेवा

२४ चैत २०८१, दार्चुला – शारदा पन्त।
जिल्लाको अपि हिमाल गाउँपालिकामा सन्चालित घुम्ति शिविर कार्यक्रमबाट १ हजार ७ सय ४४ जनाले सेवा लिएका छन्।

चैत ३ देखि २२ गतेसम्म सन्चालित ६ वटै वडामा १ हजार १ सय ६१ महिला एवम् ५ सय ८३ जना  पुरुष ले टोल स्तरमै सेवा लिएको अपि हिमाल गाउँपालिका अध्यक्ष को सचिवालय ले जनाएको छ।

वडा नम्बर १ मा ८७ जना महिला र ४६ पुरुष गरी १ सय ३३ जना, २ मा २ सय ७७ जना महिला र ९७ पुरुष गरी ३ सय २४ जना, ३ मा ३ सय ३३ जना महिला र १ सय ८३ जना पुरुष गरि ५ सय १६ जना, ४ मा २ सय २६ महिला र ७६ जना पुरुष गरी ३ सय २ जना, ५ मा १ सय २१ जना महिला र ४८ जना पुरुष गरी १ सय ६१ जना तथा वडा नम्बर ६ मा १ सय ६७ जना महिला र १ सय ३३ जना पुरुष गरी ३ सय जनाले सेवा लिएको पालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए।

हाम्रो पालिकाको सदरमुकाम सम्म मोटरबाटो पुगेको छैन् काम भइरहेको छ तैपनि अपि हिमाल वासीलाई हामीले टोलटोलमै राज्यको सेवा दिन कुनै कन्जुस्याइँ गरेका छैनौ, पालिका अध्यक्ष बोहोराले भने। पालिकाको केहि कमिकमजोरी होलान् आफ्नो ठाउँमा छ तर हामी अहिले मुख्यगरी जनतालाई सरकार भएको अनुभूति दिने प्रयासमै छौं भने हामीसंग भएको प्राकृतिक स्रोतको सदुपयोग गर्दै अपिहिमाललाई पर्यटकीय गन्तव्य बनाउनै मुख्य योजना अन्तर्गत छ।

साथै अध्यक्ष बोहराले शिविर सञ्चालनमा सहयोग गर्नुहुने पालिकाका शाखागत कर्मचारीहरु, वडा अध्यक्षहरु,जनप्रतिनिधि तथा स्थानीयहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा जनतासंग जोडिएका यस्ता कार्यक्रमहरु निरन्तर भइरहनेछन् भनि गतिशील न्युज लाई जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment