दार्चुलामा जिप दुर्घटना चालक महेशको उपचारको क्रममा निधन दुईजना घाइते
२१ फागुन २०८१, दार्चुला।
जिल्लाको महाकाली नगरपालिका -२ मुल्ला मैखोलीमा दल्लेखदेखि सदरमुकाम खलंगातर्फ जाँदै गरेको सुपप्र ०३००१ ज ००५ नम्बरको जिप दुर्घटना हुँदा चालक मनपा २ का वर्ष २५ का महेश राम भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा निधन भएको छ भने अन्दाजी वर्ष ३ का शुसान्त भुल र वर्ष १५ का सागर भुल (बच्चा)हरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
(आज) फागुन २१ गते बेलुकी ४:२० बजेतिर जीप चालक महेश राम भुल सदरमुकाम तर्फ जाँदै गर्दा घटना स्थलमै बेहोस् अवस्थामा भेटिएका थिए भने दुइजना बच्चाहरु सामान्य घाइते अवस्थामा भेटिएका र तत्काल उपचारको लागि जिल्ला अस्पताल दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जीप मनपा- २ मुल्ला देखि खलंगा जाँदै गर्दा सडकबाट ५० मि जति तल खसेको थियो।






