Comments Add Comment

१५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी महाकालीलाई , उपविजेता मार्मा

१५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी महाकालीलाई , उपविजेता मार्मा

१५ फागुन २०८१, दार्चुला।
जिल्लाको मार्मा गाउँपालिका -४ तपोवन खेल मैदानमा सन्चालित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महाकाली नगरपालिकाले १३ स्वर्ण पदक सहित जित हासिल गरेको छ भने ११ स्वर्ण सहित मार्मा गाउँपालिका उपविजेता बनेको छ।

फागुन १० गते उद्घाटन भएको प्रतियोगितामा हिजोसम्म एथलेटिक्स र कराते तर्फका सबै खेल सम्पन्न भएका छन भने भलिबल र कबड्डीको फाइनल प्रतियोगिताहरु आज सम्पन्न भएसंगै पुरस्कार, मेडल, प्रमाणपत्र र शिल्ड वितरण गरिएको जिल्ला खेलकुद समिति दार्चुला का कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिएका छन्।

एथलेटिक्स , कराते, कबड्डी र भलिबलका ४२ स्वर्णहरुका लागि खेलहरु खेलाउदा जिल्लाको महाकाली नगरपालिकाले यो वर्षको उपाधी पनि हात पारेको हो। महाकाली नगरपालिकाले १३ स्वर्ण, ११ रजत र ८ कास्य गरी ३२ पदक प्राप्त गरि प्रथम भएको छ, त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने मार्मा गाउँपालिकाले ११ स्वर्ण ११ रजत र १६ कास्य गरी जम्मा ३८ पदक,  तेस्रो स्थान प्राप्त गर्ने नौगाड गाउँपालिकाले ६ स्वर्ण, ५ रजत र ४ कास्य गरी १५ पदक प्राप्त गरेको छ। त्यस्तै शैल्यशिखर नगरपालिकाले ४ स्वर्ण ५ रजत र १० कास्य गरी जम्मा १९ पदक , मालिकार्जुन गाउँपालिकाके ४ स्वर्ण ५ रजत र ३ कास्य गरी १२ पदक , अपिहिमाल गाउँपालिकाले ३ स्वर्ण, १ रजत र १ कास्य गरी ५ पदप प्राप्त गरेको छ। लेकम गाउँपालिकाको २ स्वर्ण, ५ रजत र ११ कास्य गरी १८ पदक, दुहुँ गाउँपालिकाको १ रजत र २ कास्य गरी ३ पदक प्राप्त गरेको छ भने , ब्याँस गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको छ।

एथ्लेटिकतर्फ मार्मा गाउँपालिकाले प्रथम , नौगाड गाउँपालिकाले द्वितीय र मालिकार्जुन गाउँपालिकाले तृतीय स्थान हासिल गरेका छन्।

यस्तै कराते छात्रातर्फ मार्माकी निर्जला धामी र छात्रतर्फ महाकालीका राजवीर कामी वेष्टप्लेयर घोषणा भएका छन्, एथ्लेटिक्स छात्रातर्फ मार्माकी निसा महरा (१०० मि. दौड , हाइजम्प,लङजम्प ,४×१०० रिले) , छात्रतर्फ मालिकार्जुन गाउँपालिकाका विनोद टमटा (१५००मि., ३००० मि. र ४×४०० रिले) मा उत्कृष्ठ खेलाडी घोषणा भएका छन्। यस्तै  भलिबल छात्रातर्फ मार्माकी कमला धामी र छात्रतर्फ शैल्यसिखर रोशन लोहार उत्कृष्ठ खेलाडी घोषणा भएका छन् र कबड्डी छात्रातर्फ मार्माकी रेनुका धामी (जर्सि न ६) र छात्रतर्फ महाकाली नगरपालिका का विकास सिंह (जर्सी नं ७ ) उत्कृष्ठ घोषणा भएका छन्। उत्कृष्ठ खेलाडीहरू ट्रफी प्रदान गरिएको खेल प्रशिक्षक भोजराज जोशी ले बताएका छन्।

फागुन १५ गते मार्मा गाउँपालिका -४ तपोवन खेल मैदानमा समापन समारोह आयोजना गरी विभिन्न विधामा पदक प्राप्त गर्ने स्थानीय तह (खेलाडी)हरुलाई उपाधि प्रदान गरिएको थियो। जिल्ला खेलकुद समिति दार्चुला का अध्यक्ष मानसिंह बुढाथोकी को अध्यक्षतामा आयोजित समापन समारोहमा महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर प्रमुख अतिथि रहेका थिए यस्तै विशिष्ट अतिथिना मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी र लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी एवम् अन्य अतिथिहरुमा मार्मा गाउँपालिका उपाध्यक्ष सर्मिला चन्द सिंह लगायतको आतिथ्यतामा समापन समारोह सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment