कुम्भमेला जाँदै गरेका अवस्थीको बाटोमै निधन गाउँपालिकाले दियो एकदिन शोकविदा
२८ माघ २०८१, दार्चुला।
जिल्लाको मालिकार्जुन गाउँपालिकामा कार्यरत उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको भारतको प्रयागराजमा लागिरहेको कुम्भमेला जाँदै गरेको बेला गाडिको ठक्कर बाट हिजो ज्यान गएको थियो।
उद्यम विकास शाखा प्रमुख अवस्थीको निधनमा मालिकार्जुन गाउँपालिका ले आज एकदिन पालिका भरी अत्यावश्यक कार्य बाहेकका कार्यालयहरु बन्द रहने गरी एक सूचना जारी गर्दै शोकविदा दिएको छ।
जगदीश चन्द्र अवस्थी नेपाल राष्ट्रिय कर्मचारी संगठन मालिकार्जुन गाउँपालिका अध्यक्ष समेत रहेका थिए । उनी आमासहित भारतको प्रयागराज कुम्भमेला जाँदै गर्दा लखनउमा आफु सवार गाडीबाट झरेको बेला अर्को गाडीले ठक्कर दिई घाइते भएका थिए। गम्भिर घाइते अवस्थीलाई अस्पताल पुर्याउदाँ डाक्टर ले मृत घोषणा गरेका थिए।
मृतक अवस्थीको अल्पायुमै भएको निधनप्रति धेरै जनाले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।






