Comments Add Comment

१२ स्वर्ण सहित महाकाली अग्र स्थानमा, अहिले सम्म कुन पालिकाले कति पदक प्राप्त गरे त ? (पूरा जानकारी सहित)

१२ स्वर्ण सहित महाकाली अग्र स्थानमा, अहिले सम्म कुन पालिकाले कति पदक प्राप्त गरे त ? (पूरा जानकारी सहित)

१५ फागुन २०८१, दार्चुला।
जिल्लाको मार्मा गाउँपालिका -४ तपोवन खेल मैदानमा सन्चालित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महाकाली नगरपालिका १२ स्वर्ण पदक सहित अग्र स्थानमा रहेको छ।

फागुन १० गते उद्घाटन भएको प्रतियोगितामा हिजोसम्म एथलेटिक्स र कराते तर्फका सबै खेल सम्पन्न भएका छन भने भलिबल र कबड्डीको फाइनल प्रतियोगिताहरु आज खेलाईने जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकीले जानकारी दिएका छन्।

एथलेटिक्स र करातेका ३८ पदकहरुका लागि भएका खेलहरु सम्पन्न हुदाँ जिल्लाको महाकाली नगरपालिका अग्र स्थानमा रहेको छ। महाकाली नगरपालिकाले १२ स्वर्ण, ९ रजत र ७ कास्य पदक प्राप्त गरि अग्र स्थानमा रहेको छ, त्यस्तै दोस्रो स्थानमा रहेको मार्मा गाउँपालिकाले ९ स्वर्ण ९ रजत र १५ कास्य पदक, तेस्रो स्थानमा रहेको नौगाड गाउँपालिकाले ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक प्राप्त गरेको छ। त्यस्तै मालिकार्जुन गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्य, शैल्यशिखर नगरपालिकाले ३ स्वर्ण ५ रजत र १० कास्य, अपिहिमाल गाउँपालिकाको ३ स्वर्ण, १ रजत र १ कास्य पदप प्राप्त गरेको छ। लेकम गाउँपालिकाको २ स्वर्ण, ५ रजत र ९ कास्य, दुहुँ गाउँपालिकाको १ रजत पदक प्राप्त गरेको छ भने , ब्याँस गाउँपालिका पदक विहिन अवस्थामा प्रतियोगिताबाट बाहिरिएको हो।

खेलकुद समिति अध्यक्ष बुढाथोकीका अनुसार १३ गतेसम्म सम्पन्न इभेन्टहरुका  पदकहरु समेत वितरण गरिसकिएको जानकारी दिएका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास निर्देशनालय डोटी दिपायलका महानिर्देशक दुर्गादत्त बिष्टको आतिथ्यतामा हिजो नै वितरण गरिएको र आज प्रतियोगिता सम्पन्न संगै पदक , प्रमाणपत्र र शिल्ड वितरण गरिने कार्यक्रम सहित रहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment