Comments Add Comment

नेपाल राष्ट्रिय शिक्षक संगठन लेकमको अध्यक्षमा महेश राज जोशी चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन लेकमको अध्यक्षमा महेश राज जोशी चयन

४ फाल्गुन २०८१,दार्चुला।
नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम गाउँपालिकाको तेस्रो अधिवेशनबाट श्री लटिनाथ मावि चौपाताका सहायक प्रधानाध्यापक महेश राज जोशी को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

फाल्गुन ३ गते (हिजो) सम्पन्न अधिवेसनबाट महेशराज जोशीको अध्यक्षतामा १६ सदस्यीय लेकम गाउँपालिका कार्यसमिति गठन गरिएको हो।

समितिको महिला उपाध्यक्षमा दुर्गा कलौनी, उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा हरिभक्त नाथ, सहसचिवमा इश्वरी जोशी, कोषाध्यक्षमा गोपालसिंह धामी, सहकोषाध्यक्षमा हरिना बिष्ट र सदस्यहरूमा नैनसिंह साउद, गणेशदत्त जोशी, परमानन्द जोशी, बिरसिंह बगाल, जयानन्द जोशी, हरिश नाथ, नवलसिंह खत्री, मंगला भट्ट र महेश गिरी चयन भएका छन् । सर्वसम्मत रूपमा चयन भएको नवनिर्वाचित समितिले सपथ ग्रहण समेत गरिसकेको जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment