एमाले सुदूरपश्चिम दलका नेता राजेन्द्र रावलले फिर्ता गरे सरकारी गाडी
४ वैशाख २०८२, दार्चुला।
एमाले सुदूरपश्चिम प्रदेशसभा दलका नेता राजेन्द्र रावलले आफू प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेश सरकारलाई फिर्ता गरेका छन्।
रावलले जनताको करबाट सञ्चालन हुने स्रोतसाधनको मर्यादित प्रयोग हुनुपर्ने भन्दै बुधबार प्रदेश सभा सचिवालयमार्फत गाडी बुझाएका हुन्।
उनको यो कदमलाई सामाजिक सञ्जालमा सकारात्मक रूपमा हेरिएको छ। नेताहरूले जबाफदेही व्यवहार देखाउनुपर्ने सन्देशसमेत उनले दिएका छन्।







