Comments Add Comment

नेपाली भूमिमा भारतीय संरचना निर्माणप्रति आपत्ति, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो बैठक सम्पन्न

नेपाली भूमिमा भारतीय संरचना निर्माणप्रति आपत्ति, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो बैठक सम्पन्न

२५ जेठ २०८२, कञ्चनपुर। दार्चुलाको सदरमुकाम वसपार्क स्थित नेपाली भूमिमा भइरहेको भारतीय संरचना निर्माणप्रति कडा आपत्ति जनाउँदै प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठक कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धार्थ होटेलमा सम्पन्न भएको छ। बैठकमा सहभागी पत्रकार नेताहरूले राष्ट्रिय स्वाभिमानमाथि भएको हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बैठकमा दार्चुलाको सदरमुकाम खलंगा क्षेत्रको बसपार्क आसपास भारतले बनाइरहेको स्थायी संरचनालाई भौगोलिक अतिक्रमणको संज्ञा दिँदै तत्काल सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले प्रेस सेन्टरले सधैं पत्रकारको हकहित, अधिकार र स्वतन्त्रताको पक्षमा लड्दै आएको उल्लेख गर्दै भने, “आजको समयमा पत्रकारितालाई सुदृढ बनाउँदै राष्ट्रिय चासोका विषयमा स्पष्ट अडान लिनु जरुरी भइसकेको छ।”

उनले भारतीय अतिक्रमणविरुद्ध प्रेस जगत एकजुट हुनुपर्नेमा जोड दिए।

बैठकको अध्यक्षता प्रेस सेन्टर सुदूरपश्चिमका अध्यक्ष केशवराज जोशीले गरेका थिए।
विशिष्ट अतिथि ओमविक्रम भाट ‘सरल’, अतिथि केशव योगी,
केन्द्रीय उपाध्यक्षहरू रामसिंह ठगुन्ना र लक्ष्मण खड्का,
महासचिव मनोज घर्तीमगर,
उपमहासचिव हरिस विक,
र सचिव राजेन्द्र अवस्थी
लगायतको उपस्थितिमा संगठनात्मक सुदृढीकरण, पत्रकार सुरक्षालगायत विषयमा छलफल गरिएको थियो।

बैठकमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए।
बैठकले पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनाका विषयमा गहन छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ।

यस बैठकमार्फत प्रेस सेन्टर सुदूरपश्चिमले पत्रकार मात्र होइन, राष्ट्रको स्वतन्त्रताको पक्षमा आवाज उठाउन सक्ने दृढता प्रदर्शन गरेको छ। संगठनले केवल आन्तरिक सुदृढीकरणमा होइन, राष्ट्रिय स्वाभिमान र सीमाको सुरक्षा जस्तो संवेदनशील विषयमा पनि आफ्नो जिम्मेवारी देखाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment