Comments Add Comment

दार्चुलाको नौगाडमा पहाडबाट ढुंगा खस्दा एक जनाको मृत्यु, एक गम्भीर घाइते


दार्चुलाको नौगाडमा पहाडबाट ढुंगा खस्दा एक जनाको मृत्यु, एक गम्भीर घाइते

दार्चुला, जेठ १४ —नरेन्द्र ठगुन्ना।
दार्चुला जिल्लाको नौगाड गाउँपालिका–६ स्थित धुलिगडा लेक (रतपडे) जाने बाटोमा पहाडबाट ढुंगा खस्दा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

स्थानीय स्रोतका अनुसार आज बिहानको समयमा भएको घटनामा बझाङ घर भएका “कालिजोशी” नामले चिनिने एक ब्राह्मण पुरुषको मृत्यु भएको हो। उनीसँगै रहेका धुलिगडा निवासी अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्, जसको स्थानीय स्तरमै प्राथमिक उपचार भइरहेको छ।

घटनाको मुख्य कारण बाटो माथिबाट अकस्मात खसेको ढुंगा भएको प्रारम्भिक जानकारी आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment