Comments Add Comment

शिक्षा अधिकृत ओझाको निधन , मंगलबार शोक बिदा : लेकम गाउँपालिका

शिक्षा अधिकृत ओझाको निधन , मंगलबार शोक बिदा : लेकम गाउँपालिका

दर्चुला, बैशाख २३ — लेकम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत श्री केशब राज ओझाको असामयिक निधन भएको छ। वडानं. ४ अन्तर्गत पर्ने पैसखोलामा सोमबार (२०७९/०१/२२) मोटरसाइकल दुर्घटनामा परि उहाँको निधन भएको गाउँपालिकाजा निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीले जानकारी दिएका छन्।

दुर्घटनाको खबरले गाउँपालिका परिवार शोकमा डुबेको छ। गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै ईश्वरले परिवारलाई अपूरणीय क्षतिमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरिएको छ।

ओझाको निधनको शोकमा गाउँपालिकाले आज मिति २०८२/०१/२३ गते मंगलबारका दिन कार्यालयसहित अन्तर्गतका सम्पूर्ण निकाय बन्द रहने घोषणा गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीले हस्ताक्षर गरेको उक्त सूचनामा सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

शिक्षा क्षेत्रमा सक्रिय योगदान पुर्‍याएका ओझाको निधनले गाउँपालिकाले एक कर्मठ र जिम्मेवार कर्मचारी गुमाएको महसुस भएको पालिका अध्यक्ष राम दत्त जोशी ले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment