Comments Add Comment

प्रेस सेन्टर नेपाल, सुदूरपश्चिमको तेस्रो पूर्ण बैठक कञ्चनपुरमा सुरु



प्रेस सेन्टर नेपाल, सुदूरपश्चिमको तेस्रो पूर्ण बैठक कञ्चनपुरमा सुरु

कञ्चनपुर, जेठ २५ — प्रेस सेन्टर नेपाल, सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक आज कञ्चनपुरमा भव्य रूपमा सुरु भएको छ। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष केशव राज जोशीले गर्नुभएको छ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष कमल गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ भने नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाट ‘सरल’ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्छ। साथै, केन्द्रीय पदाधिकारीहरू, प्रदेशस्तरीय पदाधिकारीहरू तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

बैठकको उद्घाटन अवसरमा सुप महासचिव तेज भट्टले बैठकका उद्देश्यबारे जानकारी दिँदै संगठन सुदृढीकरण, पत्रकारहरूको हक–हितको संरक्षण तथा आगामी रणनीति निर्माणमा बैठक केन्द्रित रहने जानकारी दिनुभयो।

बैठकमा प्रेस सेन्टर नेपालको संगठनात्मक मजबूती, नीति तथा कार्यक्रम निर्माण, सञ्चारकर्मीहरूको व्यावसायिक सशक्तीकरण, प्रशिक्षण तथा सञ्जाल विस्तारजस्ता विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment