०८४ मा प्रचण्ड राष्ट्रपति र कुलमान प्रधानमन्त्री बनाऔं : जनक बुढा
२२ चैत २०८१, दार्चुला।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति र कुलमान घिसिङ लाई प्रधानमन्त्री बनाउ भनेर सुदूरपश्चिम प्रदेश समिति सचिव जनक बुढा ले प्रस्ताव गरेका छन्।
उनले यो आफ्नो नितान्त ब्यक्तिगत विचार भएको प्रष्ट पार्दै परिवर्तनका लागि क्रमभंगता बारे समेत स्मरण गराएका छन्।
यसो प्रस्ताव लिएर (माओवादी केन्द्र) जनता माझ जान सक्छ त ? आम प्रश्न बन्न सक्छ।
जनक बुढाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको जस्ताको त्यस्तै :
“यदि २०८४ को आम चुनावमा माओवादीले सोचे जस्तो नतिजा ल्याउने हो भने : “कमरेड प्रचण्डलाई रास्ट्रपति , कुलमानलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर , कुलमान जस्तै कम्तिमा एक तिहाई समाजका विभिन्न क्षेत्रका उत्कृष्ट प्रतिभाहरुलाई उम्मेदवारको रूपमा अगाडि सारेमा नतिजा माओवादीले सोचे जस्तो हुने प्रबल संभावना ” अहिलेको जनता तथा युवाहरुको ट्रेन निरन्तरता होइन क्रमभंगतामा बिश्वास गर्ने देखिन्छ । नितान्त ब्यक्तिगत धारणा”







