प्रेस सेन्टरको केन्द्रिय अध्यक्षमा कमल गिरी निर्वाचित , नवनिर्वाचित कार्यसमिति (नामावलीसहित)
१८ चैत २०८१ शारदा पन्त, दार्चुला।
प्रेस सेन्टर नेपाल को पाचौं राष्ट्रिय महाधिवेसन बाट कमल गिरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। अध्यक्ष गिरीले जम्मा खसेको मत ५५१ मध्ये ३६६ मत प्राप्त गरी विजेता बनेका छन् भने प्रतिस्पर्धी दिपेन्द्र रावलले १७५ मत प्राप्त गरे।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेश चन्द्र अधिकारी, उपाध्यक्ष मा राम सिंह ठगुन्ना, लक्ष्मण खड्का, विवेक गौतम, महिला उपाध्यक्षमा शान्ता अधिकारी, उपाध्यक्ष (समावेशी) दिपक श्रेष्ठ, महासचिव मा मनोज घर्तीमगर , उपमहासचिव खुला ज्ञानेन्द्र प्रशाद पौडेल, उपमहासचिव (महिला) लक्ष्मी आचार्य, उपमहासचिव (दलित) हर्क बहादुर विक, उपमहासचिव (मधेसी) अनिल मिश्र, उपमहासचिव (आदिवासी) बुद्ध लोप्चन, सचिव खुला ‘सन्तोष देउजा, सुरेन्द्र चालिसे’ , सचिव(महिला) अञ्जली थापा, सचिव(समावेशी) अवतार राई, सचिव प्रदेश १बाट दिपेन्द्र कुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मिन कुमार दाहाल, गण्डकी बाट दिपक भट्टराई, लुम्बिनी बाट मानसिंह विक, कर्णालीबाट गणेश कञ्चन भारती, सुदूरपश्चिम प्रदेश बाट राजेन्द्र प्रसाद अवस्थी, उपत्यका बाट नवराज दाहाल, प्रतिष्ठान बाट केशव भुल, एसोसिएट नन्दलाल तिवारी र कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्।
प्रेस सेन्टर नेपाल को कार्य समिति:











