मार्मामा पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समुद्घाटन, ८ वटा विद्यालयको सहभागिता
१८ पुस २०८१, दार्चुला।
जिल्लाको मार्मा गाउँपालिका -४ मडबगर तपोवन खेल मैदानमा पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समुद्घाटन भएको छ।
मार्मा गाउँपालिका अध्यक्ष एवम् पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ पुस १८ देखि २० सभाका अध्यक्ष जमन सिंह धामी ले प्रतियोगिताको समुद्घाटन गरेको मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र जोशीले जानकारी दिएका छन्।
पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ८ वटा विद्यालयहरुको सहभागीता रहेको छ। जसमा अपिपथ प्रर्दशक मावि सेरी -६, दुर्गेश्वरी मावि घोल्जर- १, दुर्गेश्वरी मावि ताकु-१, लटिनाथ मावि रस्कोट -३, लामबगर मावि लामबगर-२, सल्लेधार मावि मुरै-५, शिवालिंग मावि पत्थरकाडा-६ र तपोवन मावि-४ पडपडाको सहभागिता रहेको छ।
सहभागी विद्यालयहरु बीच फिल्ड र ट्रेक अन्तर्गत प्रतिस्पर्धा हुने उक्त प्रतियोगिताका मुख्य खेल प्रशिक्षक दिनेश बहादुर पालले बताएका छन्। समुद्घाटन कार्यक्रमको सन्चालन तपोवन मावि पडपडाका प्रधानाध्यापक राजेन्द्र बहादुर सिंह ले गरेको मार्मा गाउँपालिका सुचना अधिकारी वासुदेव सिंह महरले जानकारी दिएका छन्।










