Comments Add Comment

लेकमको माओवादी नेतृत्वमा पुन: उमाकान्त बिष्ट चयन

लेकमको माओवादी नेतृत्वमा पुन: उमाकान्त बिष्ट चयन

२७ मंसिर २०८१, दार्चुला।
लेकम गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

पालिका कमिटी अध्यक्ष उमाकान्त बिष्टको अध्यक्षता एंव जिल्ला इन्चार्ज केन्द्रीय कमिटी सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट पुनः उमाकान्त बिष्टको नेतृत्वमा हिजो मंसिर २६ गते २५ सदस्यीय गाउँ कमिटी चयन गरिएको थियो।

कमिटीको बरिष्ट उपाध्यक्षमा तारा सिंह बोहरा, आन सिंह ठगुन्ना, शान्ती धामी,सचिवमा विषन दत्त पन्त, सह–सचिवमा केशब राम लावड र कोषाध्यक्षमा अम्बा दत्त भट्ट रहने गरी २५ सदस्यीय कमिटी चयन गरिएको बरिष्ट उपाध्यक्षमा तारा सिंह बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला संयोजक पदम राज पन्त,सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एंव लेकम इन्चार्ज रामदत्त जोशी लगायत ६ वटै वडाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment