सिअहेव जोशीको निधनले मालिकार्जुन गापा शोकसन्तप्त, चैत २६ गते पालिकाभरी शोक बिदा
२६ चैत २०८१, दार्चुला – शारदा पन्त।
मालिकार्जुन गाउँपालिका-६ उकु स्वास्थ्य चौकीका प्रमुख सि.अ.हे.व अधिकृत दिनेश जोशीको युवा उमेरमै निधन भएको छ।
चैत्र २५ गते कार्यालयमै काम गरिरहेका जोशी एक्कासी थलिएपछि सदरमुकाम स्थित अस्पताल लगिएको थियो दार्चुला जिल्ला अस्पताल मा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लग्दै गर्दा मालिकार्जुन को पस्ति आधारभुत अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो।
जोशी को निधनप्रति मालिकार्जुन गाउँपालिका ले दु:ख व्यक्त गर्दै चैत २६ गते (आज) पालिकाभरी अत्यावश्यक सेवाहरु बाहेक शोक बिदा दिएको एक शोक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
दिनेश जोशी को स्थायी घर लेकम -३ मकान्ना हो भने हाल तराईतिर बस्दै आएका थिए।







