नेकपा (माओवादी केन्द्र) दार्चुला: छैठौं दिन शैल्यसिखर नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न
०९ कार्तिक, दार्चुला।
नेकपा (माओवादी केन्द्र) शैल्यशिखर नगर कमिटीको आयोजनामा आज वडा नम्बर ९ गोकुलेश्वरमा वडादशैं , शुभदिपावली, छठपर्व एवं नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर कमिटी इन्चार्ज केशव विक ‘लोक’को अध्यक्षतामा , संविधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कमिटी सदस्य लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य ललित सिंह ठगुन्नाको विशिष्ट आतिथ्यता, माके सुप संसदीय दलका नेता एवम् पूर्व मन्त्री प्रदेश सभा सदस्य मानबहादुर धामी ‘सन्तोष’को विशिष्ट आतिथ्यता, जिल्ला संयोजक पदम राज पन्त र सुप प्रदेश कमिटी सदस्य एवम् लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी को आतिथ्यता एवम् पालिका अन्तर्गत नेता एवम् कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
पार्टी कार्यकर्ताहरुको चासो गुनासो सुन्न एवम् विगतमा माओवादी संग जोडिएका सहिद परिवार ,नेता, कार्यकर्ता,घाइते, अपाङ्ग, द्वन्द्व पिडितहरुसंग भेटघाट गर्न यो कार्यक्रम आयोजना गरिएको शैल्यसिखर नगरकमिटी ईन्चार्ज केशव विक लोक ले जानकारी दिएका छन्।
कार्तिक ४ गतेदेखि शुरु गरिएको कार्यक्रम दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका,लेकम गाउँपालिकामा सम्पन्न भइसकेको छ भने आज छैठौं दिन शैल्यसिखर नगरपालिकामा सम्पन्न भएको छ। भोलि मार्मा गाउँपालिका, पर्सी अपि हिमाल गाउँपालिकामा र १३ गते नौगाड गाउँपालिकामा कार्यक्रम हुने जिल्ला संयोजक पदम राज पन्त ले जानकारी दिएका छन्।






