
१६ जना रहेको यात्रुबाहक बस डडेल्धुरामा दुर्घटना : ४ जनाको मृत्यु ,चालक गम्भिर ११ जना घाइते
३० असोज २०८१, डडेल्धुरा।
जिल्लाको अमरगडी नगरपालिका ७ खस्रेखान भिरमा कन्चनपुरको महेन्द्रनगर देखि बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको यात्रुबाहक बस गयराति १२:३० बजे दुर्घटना भएको छ।
जिल्लाको खस्रेखान भिरबाट खसेको ना ८ ख १०७८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा नाबालक सहित ४ जनाको मृत्यु भएको छ भने चालकको अवस्था गम्भिर रहेको र ११ जना घाईतेहरुको उद्धार भई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ले जानकारी दिएको छ।
गम्भिर घाइते हुनुभएका बसका चालक पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष २४ का विरेन्द्र बोहराको स्थिति गम्भिर रहेकाले थप उपचारको लागि धनगढी रेफर गरिएको जिप्रका डडेल्धुराले बताएको छ।
मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ३ बस्ने वर्ष ४५ की जैमती बोहरा, बर्ष अन्दाजी २२ को एए बस्ने सहदेव बोहरा, वर्ष २१ की एए बस्ने कमला बोहरा र एए बस्ने नाबालक रहेको र चालक सहित १२ जना घाईते भएको जिप्रका डडेल्धुराले जनाएको छ।


