
रतन टाटाको निधन कहिले भयो त ?
२४ असोज २०८१, दार्चुला।
२८ डिसेम्बर १९३७ मा जन्मिएका, भारत सरकारको प्रतिष्ठित पद्म विभूषणबाट विभूषित रतन टाटाको निधन भएको छ ।
भारतका प्रसिद्ध उद्योगपति ईमान र नैतिकताका पर्यायवाची रतन टाटाको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।
उनको निधनमा भारतीय राष्ट्रपति र प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– “रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।” यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् ।




