Comments Add Comment

लेकममा दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लेकममा दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दार्चुला।
लेकम गाउँपालिकाको केन्द्र रातामाटामा विजया दशमी, शुभदिपावली तथा छठपर्व को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम २०८१ सम्पन्न भएको छ। पालिका अध्यक्ष राम दत्त जोशी को अध्यक्षता मा आयोजित कार्यक्रममा पालिका उपाध्यक्ष माधवी जोशी, निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीको आतिथ्यता रहेको थियो। कार्यक्रममा लेकम गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष महेन्द्र जोशी, वडा नं ५ का वडाअध्यक्ष बल्देव सिहं बोहरा, वडा नं ६ का वडाअध्यक्ष हरि सिंह साउद र वडा नं २ का वडाअध्यक्ष शिवराज जोशी, वडा नं १ का पूर्व वडाअध्यक्ष दौलत सिंह साउद, वडा नं ६ का पूर्व वडाअध्यक्ष कमलापति मिस्र लगायतको उपस्थिती रहेको थियो।

शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षाशाखा प्रमुख केशव राज ओझाले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेकपा एमाले जिल्ला कमिटि सल्लाहकार समिति अध्यक्ष अम्बादत्त जोशी, नेपाली कांग्रेस लेकम गाउँपालिका कार्यसमिति सभापति कमलापति मिस्र, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य प्रेम सिंह विष्ट, संचारकर्मी लगायतले शुभकामना मन्तब्य राखेका थिए । मन्तव्य राख्ने क्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला कमिटि सदस्य प्रेम सिंह विष्टले यस्ता कार्यक्रममा पालिकाकै कर्मचारी जनप्रतिनिधिहरुको न्युन उपस्थितिले राम्रो सन्देश नदिएको भन्दै गुनासो राखेका थिए।

यस्तै लेकम गाउँपालिका वडा नं ४ का अध्यक्ष महेन्द्र जोशीले शुभकामना मन्तब्य राख्दै भनेका छन्, “ समृद्ध लेकम बनाउन हामी सबै दल समाजसेवी एकजुट हुनुपर्छ उहाँले बोल्ने क्रममा लेकम देवभूमि हो ‘बैतडी जुझेर खानु लेकम पुजेर खानु’ सुनाएका थिए। यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीले शुभकामना दिंदै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएका थिए।

लेकम गाउँपालिका का निवर्तमान अध्यक्ष परमानन्द जोशीले चाडवाडले हामी सबैलाई एक ठाउँमा ल्याउने मियोको काम गर्दछ लेकमको समृद्धिको लागि सकारात्मक रूपमा लाग्न आग्रह गरेका थिए । यस्तै पालिकाका उपाध्यक्ष माधवी जोशीले विजया दशमी भनेकै असत्य माथि सत्यको विजय पर्वको नामले पनि परिचित संस्कृति हो भन्दै लेकमवासी जनसमुदायलाई शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममाको अन्त्यमा पालिका अध्यक्ष एवम् कार्यक्रमका पनि अध्यक्ष राम दत्त जोशीले कर्मचारी र जनप्रतिनिधिहरु नै पालिकाले आयोजना गरेको कार्यक्रममा उपस्थित नहुनु गैरजिम्मेवारी भएको र मौखिक निम्तो मै उपस्थिति नेता, समाजसेवी, बुद्धिजीवी लगायत उपस्थित हुनु राम्रो भएकोमा स्वागत सहित धन्यवाद दिएका थिए। दशैंको मुख्खैमा बाढिपहिरोमा परी लेकम गाउँपालिका वडा नं ४ स्थित टकना बस्ने नेपाली सेना नरेन्द्र बहादुर पालको सहादतप्रति दुख व्यक्त गर्दछु अध्यक्ष जोशीले भनेका छन्। लेकमको समृद्धिको लागि हामी सबैले सहकार्य गर्नुको बिकल्प छैन्। सामुन्नेमा आलोचना गरौं गल्ति कोट्यायौं म यो चाहन्छु, अध्यक्ष जोशीले भनेका छन्। दशैं, दिपावली र छठको पूर्व सन्ध्यामा अध्यक्ष जोशीले देश तथा बिदेशमा रहेका सम्पुर्ण लेकमवासीहरुलाई शुभकामना दिएका छन्।

उक्त कार्यक्रमको सञ्चालन लेकम गाउँपालिका रोजगार शाखा प्रमुख राधा पल्लव जोशी
ले गरेका थिए भने कार्यक्रमको समापन पालिका अध्यक्ष राम दत्त जोशी ले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै