Comments Add Comment

भाग्यवादी नेपाली समाज: हरि प्रसाद जोशी

भाग्यवादी नेपाली समाज

अस्ति न प्रचण्ड प्रधानमन्त्री भएका बेला एमालेका अन्धभक्त सांसदले नै प्रचण्ड प्रधानमन्त्री नभएको भए नारायणगढ मुग्लिन सडकमा पहिरो नै नजाने र मान्छे नै बेपत्ता हुन्नथे भनेका थिए। अनि केपी प्रधानमन्त्री हुदाँ जहाज दुर्घटना भयो त्यो ओलीका कारण हो भने देशमा बाढी पहिरोले भयावह स्थिति आयो यो पनि केपी ओली कै कारण आएको भने अनि हिजो नेपाली टिमले बंगलादेशसंग हार्यो ओलीका कारण हार्यो भने अनि यहि अन्धभक्त हरुको समाज होइन र भाग्यमा विश्वास गर्ने ?

पृय पाठक , म मेरो मनदेखिको सुझबुझ बोलिरहेको छु। हाम्रो समाज भगवान्,देविदेवता, मुखिया, काल्पनिक कुरामा जबसम्म नकारात्मक तवरले विश्वास गरिरहन्छ तबसम्म हाम्रो सोच जहाँको तहि रहिरहन्छ।

हाम्रो समाज भौतिकवादी सोचले बनाएका आइफोन, एन्ड्रोइड मोबाइलको माध्यमबाट भाग्यमा विश्वास गरिरहने अन्धभक्तहरुको समाज हो भन्दा फरक नपर्ला। आज धनकी देवी महालक्ष्मी को दिन हो यो दिन नेपालका हरेक घरमा धनकी देवी महालक्ष्मी को पूजा गरिने गरिन्छ जतिको पुजा दक्षिण एसियाका भारत र नेपालमा गरिन्छ त्यति कहि गरिन्न तर सबैभन्दा गरिब मानिस यिनै देशमा रहेका छन्। यसको कारण पनि भाग्यमै विश्वास गर्नु हो।

धन कमाउन मेहनत गर्नुपर्छ भन्दा पनि पूजा गर्नुपर्छ भन्ने सोच भएका हरु कहिल्यै धनी बन्न सक्दैनन्। आफ्नो जमिन बाँझो छोडेर तराई र सहर केन्द्रित भएका जनता र भाग्यवादी नेपालीको सेन्टिमेन्ट लुटेर राज्यसत्ता मा पुग्ने नेता रहेसम्म हाम्रो सोचमा परिवर्तन ल्याउने र देशलाई समृद्ध बनाउने नेतृत्व जन्माउन सक्दैनौं।
मैंले धेरै लेखेन बुझ्नेले बुझिसक्नु भयोहोला, पढ्नुभएको मा धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment