मन्त्री भन्नै परे ‘कवाडी वैज्ञानिक मन्त्री ‘ भन्नुहोला – शिक्षामन्त्री पुन
६ असोज २०८२, सोमबार।
शिक्षामन्त्री वैज्ञानिक डा.महावीर पुन ले आफुलाई मन्त्री नभन्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिश गरेका नवनियुक्त मन्त्री पुनले आज सामाजिक सन्जाल फेसबुकमा ५ महिना भित्र गर्न सकिने काम बारे महत्वपूर्ण सुझावहरु what’s app मा पठाउन भनेका छन्।
आफुलाई बधाई नदिन, खादा, माला नलगाउन समेत स्टाटस मार्फत सार्वजनिक गरेका छन्।
✍️महावीर पुन:
“मेरो पहिलो घोषणा – कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साहै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु
होला।”






