अपिहिमाल गाउँपालिकाले दियो चैत २५ गते पालिकाभरी शोक बिदा
२४ चैत २०८१, दार्चुला – दिपेन्द्र डडाल।
जिल्लाको अपिहिमाल गाउँपालिकाले चैत २५ गते शोक बिदा दिने सूचना जारी गरेको छ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ३ कोर्थी (हाल कैलालीको धनगढी उप- महानगरपालिका शिवनगर ) बस्ने साविक खण्डेश्वरी गाउँ विकास समिति उपाध्यक्ष वर्ष ५७ का रणबिर सिंह मन्यालको हृद्धयघातका कारण निधन भएको दुखद् घडिमा पालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै शोक बिदा दिएको सूचना जारी गरेको छ ।
नेकपा एमालेबाट २०५४ सालमा अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी गाउँ विकास समिति उपाध्यक्षमा निर्वाचित मन्यालको हृद्धयघातका कारण उपचारको क्रममा गयराती धनगढीमा निधन भएको थियो।








