Comments Add Comment

पूर्वराजा सामान्य मानिस हो, राजावादीले हाम्रो उदारतालाई कमजोरी ठाने : मन्त्री गुरूङ

पूर्वराजा सामान्य मानिस हो, राजावादीले हाम्रो उदारतालाई कमजोरी ठाने : मन्त्री गुरूङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवस्था उल्टाउँछु भन्नेलाई अब सरकारले एक्शन लिने बताएका छ्न । उनले अहिले आफूहरुको उदारतालाई राजावादीहरुले कमजोरी ठानेको पनि स्विकारे ।

आज (शनिबार) पोखरामा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं साधारण सभामा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले यस्तो बताएका हुन् । उनले लोकतन्त्रले बोल्न र हिँड्न दिएको अधिकारलाई कमजोरी ठान्ने काम भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामाथि प्रश्न उठाए ।

उनले भने,‘पूर्वराजा अहिले सामान्य मानिस हो । उसलाई हिँड्ने, डुल्ने, लागेको कुरा भन्ने अधिकार दिएका छौं हामीले । तर, हामीले दिएको उदारताको कुरालाई उनीहरूले कमजोरी ठाने ।

हिजो काठमाडौंको तिनकुनेमा राजावादीहरुको प्रदर्शन हिंसामा परिणत भएको थियो । जसमा एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको छ ।
#साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment