Comments Add Comment

प्रेस सेन्टर दार्चुलाका अध्यक्ष जोशी पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा सम्मानित

प्रेस सेन्टर दार्चुलाका अध्यक्ष जोशी पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा सम्मानित

१४ पुस २०८१, दार्चुला।
प्रेस सेन्टर नेपाल दार्चुला शाखा अध्यक्ष हरि प्रसाद जोशी पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वारा सम्मानित भएका छन्। कन्चनपुर को पुनर्वासमा १३ गते आयोजित खबरदारी सभा लाई सम्बोधन गर्न आएका पूर्व प्रधानमन्त्री दाहालले जोशी लगायत सुदूरपश्चिम प्रदेश का विभिन्न जिल्लाबाट निर्वाचित नेपाल पत्रकार महासंघ का पदाधिकारी एवम् सदस्य हरुलाई बधाई दिदैं सम्मान-पत्र प्रदान गरेका थिए।

जोशी गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ दार्चुला को सहसचिव पदमा निर्वाचित भएका हुन्। जिल्लामा सक्रिय पत्रकार हरि प्रसाद जोशी गतिशील न्यूज का संस्थापक हुन भने राष्ट्रिय टेलिभिजन न्युज २४ का जिल्ला संवाददाता भएर पत्रकारिता गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment