राज्य आक्रमणमा परी बुबा गुमाएका महरले २२ वर्षपछि काजक्रिया गर्दै
०२ फाल्गुन २०८१, दार्चुला।
राज्यको तर्फबाट भएको क्रुर आतंकमा परी मार्मा गाउँपालिका -४ तपोवन बस्ने राम सिंह महर माओवादी भएकै कारण मारिएका थिए। उनी संगै उक्त मुटभेटबाट बचेका खडक सिंह धामी रोसन जिल्ला समन्वय समिति दार्चुलाका सदस्य छन् भने जमन सिंह धामी मार्मा गाउँपालिका अध्यक्ष हुनुहुन्छ।
वि.सं.२०५९ कार्तिक १४ गतेका दिन शैल्यसिखर -१ देथलामा एक्कासी तत्कालिन साहि सेनाको आक्रमणमा परी सहिद राम सिंह महरको निधन भएको थियो । त्यो बेला उनका छोराहरु जहेन्द्र सिंह महर ५ वर्षका, मुकेश सिंह महर १ वर्षका थिए भने अशोक सिंह महर ३ वर्षका थिए।
सहिद महर २०३५ श्रावण १८ गते जन्मिएका थिए भने माओवादी को अभियानका क्रममा २०५९ कार्तिक १४ गतेका दिन सेना आक्रमणमा परी सहिद भएका थिए।
झण्डै २२ वर्षपछि उनका छोराहरुले आफ्नो बुबाको हिन्दु परम्परा अनुसार सतगतका लागि क्रिया बसिरहेका छन्। आज कासकुसको पुतला बनाई दाँहसंस्कार गरिएको र श्रद्धाञ्जली दिन आफु पनि समसान घाट गएको एवम् पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको मार्मा गाउँपालिका नेकपा माओवादी केन्द्र गाउँ कमिटी सचिव दिपेन्द्र सिंह विष्टले जानकारी दिएका छन्।
सहिद महर तत्कालीन नेकपा माओवादीका चर्चित एवम् इमान्दार नेताको रुपमा जिल्ला भरी चिनिन्थे।






