
प्रचण्ड लोकतान्त्रिक प्रक्रियादेखि डराए – विनोद कुवंर
दार्चुला।
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् व्याँस गाउँपालिका उपाध्यक्ष विनोद कुवंर ले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियादेखि डराए भन्ने टिप्पणी गरेका छन्।
रुपान्तरण भनेर मात्रै हुदैँन रुपान्तरण भएर हुन्छ। उहाँले दार्चुलाको सदरमुकाम खलंगा स्थित विकास संगठनको हलमा सन्चालित नेकपा (माओवादी केन्द्र) को विस्तारित बैठकमा यसो टिप्पणी गरेका हुन्।
भर्खरै नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल क्रान्तिकारीको अधिवेशन बिना निष्कर्ष स्थगित हुनु पार्टी जीबनका लागि सुखद् नभएको व्यक्त गरेका छन्। अध्यक्ष कमरेडले आन्तरिक लोकतान्त्रिक प्रक्रियामै गएर टुङ्ग्याउनुहोस् भन्न सकेनन् र भाडभैलो बन्यो उनले भनेका छन्। यदि चुनाव लड्नु थिएन भने संसदीय व्यवस्थामा सहमति गर्नु थिएन तर यो व्यवस्था रोजी सकेपछि सो अनुसार नचलेर (माओवादी केन्द्र) चुस्त हुन नसकेको अध्यक्ष कमरेड पुष्पकमल दाहालप्रति सुझाव सहितको गुनासो गरेका छन्।



