दार्चुला भूमि आयोगका अध्यक्ष धामीले गरे पदभार ग्रहण
१० माघ २०८१, दार्चुला।
नेपाल सरकार भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुला का नवनियुक्त अध्यक्ष लाल सिंह धामी ले पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण कार्यक्रम भूमि समस्या समाधान आयोगका अध्यक्ष धामी को अध्यक्षतामा , जिल्ला समन्वय समिति दार्चुला का प्रमुख कश्यप बडूको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको विशिष्ट आतिथ्यता, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा प्रमुख एवम् कार्यालय प्रमुख / प्रतिनिधि हरुको उपस्थितिमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले अध्यक्ष लाल सिंह धामीलाई खादा टिका लगाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए। यो भन्दा पहिले पनि धामी नै आयोगका अध्यक्ष हुनुहुन्थ्यो,भनि निमित्त जिल्ला समन्वय अधिकारी गणेश बहादुर पालले जानकारी दिएका छन्।









