Comments Add Comment

लेकमको अन्तिम जात्रा कार्तिक ३० गते : शिवराज जोशी

लेकमको अन्तिम जात्रा कार्तिक ३० गते : शिवराज जोशी

२३ कार्तिक २०८१, दार्चुला।
जिल्लाको लेकम गाउँपालिका -२ कूणी भगवती मन्दिरमा यो वर्षको अन्तिम रात्रीकालीन जात्रा कार्तिक ३० गते पूर्णिमाका दिन लाग्ने छ।

यतिबेला जिल्लाको लेकम क्षेत्रमा रात्रीकालीन जात्राहरु लागिरहेका छन्। कार्तिक शुक्ल द्वितीया देखि पूर्णिमासम्म विभिन्न मन्दिरहरुमा विभिन्न तिथीमा रात्रीकालीन जात्रा लागिरहेको स्थानीय जानकार अम्बा दत्त जोशीले बताएका छन्।

यस्तै यो पालीको अन्तिम जात्रा कूणी भगवतीमा लाग्ने वडा नं -२ का वडा अध्यक्ष शिवराज जोशी ले एक सूचना जारी गरेर सामाजिक सञ्जालमा साझा गरेका छन्। जात्रालाई सव्यभव्य बनाउन जात्रा अवधिभर जाड, रक्सी,जुवा तासमा प्रतिबन्ध लगाएको र यदि सूचना विपरीत गतिविधि गरेमा कानुन बमोजिम कारवाही गरिने चेतावनी सहित अनुरोध गरेका छन्।

कार्तिक २४ गते (लेकम १ सर्मोली धुरा, लेकम २ कूणी,लेकम ४ पोखल्लेक र मालिकार्जुन ४ औतालेक) , २५ गते लेकम ५ जयपुर, २८ गते शैल्यसिखर मालिकार्जुन मा पुजन जात्रा, २९ गते मालिकार्जुन धाम मड, उचाकोट, मैखोली, गराडीमा र ३० गते कूणी भगवती एवम् गल्लाकेदार पातीमा अन्तिम जात्रा लाग्ने ज्योतिष गणेश दत्त जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment