Comments Add Comment

नेकपा (माओवादी केन्द्र) दार्चुलाको दुहुँबाट जिल्ला व्यापी कार्यकर्ता भेटघाट कार्यक्रम शुरु

नेकपा (माओवादी केन्द्र) दार्चुलाको दुहुँबाट जिल्ला व्यापी कार्यकर्ता भेटघाट कार्यक्रम शुरु

४ कार्तिक, दार्चुला।  नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको असोज २९ -३० गतेको बैठकको निर्णयअनुसार नेकपा (माओवादी केन्द्र)गाउँकमिटी दुहुँको आयोजनामा आज पालिकाको केन्द्र हिकिला स्थित सहिद स्मृति भवनमा दशैं, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम जिल्ला व्यापी रुपमा शुरु भएको हो।

उपनिर्वाचन केन्द्रित भएर जिल्लाका सम्पूर्ण पार्टीहरुले दुहुँ गाउँपालिका बाटै आफ्ना कार्यक्रमहरु आयोजना गरिरहेका छन्। स्थानीय निर्वाचन २०७९ मा निर्वाचित वडा नं ५ का अध्यक्ष मनोरथ भट्ट को देहावसान भएको कारण मंसिर मा हुन गइरहेको उपनिर्वाचन का लागि आफ्नो पार्टीलाई जित दिलाउन प्रतिबद्धता सहित उम्मेदवार तयार पार्न कार्यक्रम गरिहेका विभिन्न पार्टीका नेताहरुले बताएका छन्।

सोही अनुसार (माओवादी केन्द्र) ले पनि दुहुँ गाउँपालिका केन्द्रित भएर नै आजबाट जिल्ला व्यापी रुपमै कार्यक्रम गर्ने गरेर अभियान थालेको जिल्ला समन्वय समिति सचिव विनोद कुवंर ले बताएका छन्।

कार्यक्रम दुहुँ गाउँकमिटी  कावा अध्यक्ष दलबहादुर बमको अध्यक्षतामा, केन्द्रीय सदस्य एवम् पार्टीका जिल्ला ईन्चार्ज एवम् संविधानसभा सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य लक्ष्मी विक, केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, वैकल्पिक केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश दलका नेता प्रदेश सभा सदस्य मानबहादुर धामी एवम् वैकल्पिक केन्द्रीय सदस्य मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी को आतिथ्यता रहेको थियो भने दुहुँ गाउँपालिका स्थित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य हरक बडालले राख्नुभएको थियो भने शुभकामना मन्तब्य जिल्लाबाट उपस्थिति अतिथिहरुले राखेका थिए, कार्यक्रमको सन्चालन दुहुँ गाउँकमिटि सचिव जमन सिंह बडालले गरेका थिए भनी जिल्ला समन्वय समिति सचिव विनोद कुवंर ले जानकारी दिएका छन्।

तस्विर: गतिशील न्यूज
तस्विर: गतिशील न्यूज
तस्विर:गतिशील न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment