पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा, समसामयिक राजनीतिक विषयमा छलफल
दार्चुला, २१ असार २०८२।
नेपालका पाँच प्रमुख कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसिरहेको छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
पार्टीहरूबीच जारी यो बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियता, लोकतान्त्रिक प्रक्रिया, संविधान कार्यान्वयन, सामाजिक–आर्थिक रुपान्तरण तथा वामपन्थी एकताको सम्भाव्यतालाई लिएर गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ।
बैठकले साझा धारणा निर्माण गर्ने प्रयासका साथै आगामी राजनीतिक रणनीति तय गर्ने तयारीसमेत गरिरहेको बुझिएको छ। पछिल्लो समय देशको राजनीति अस्थिर भइरहेका बेला वाम शक्तिहरूबीचको यो समन्वयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।







