Comments Add Comment

दार्चुलामा भूमि समस्या समाधान आयोगको बैठक, बाँकी काम अघि बढाउने निर्णय


दार्चुलामा भूमि समस्या समाधान आयोगको बैठक, बाँकी काम अघि बढाउने निर्णय

दार्चुला, जेठ १९ –शारदा पन्त।
दार्चुला जिल्ला भूमि समस्या समाधान आयोगको बैठक मिति २०८२ साल जेठ १९ गते सम्पन्न भएको छ। आयोगका जिल्ला अध्यक्ष लालसिंह धामीको अध्यक्षतामा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गर्दै विगतका अधुरा रहेका कामहरूलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।

बैठकमा समितिको वार्षिक कार्ययोजना 2082 पेश गरिएको थियो, जसलाई बैठकले स्वीकृति दिएको छ। सो कार्ययोजना अनुसार जिल्लाभर बाँकी रहेका भूमिसम्बन्धी समस्या समाधान गर्ने काम अघि बढाइने भएको छ।

बैठकले गरेको निर्णय अनुसार:

क्षेत्रफल विवरण माग गर्न मालपोत कार्यालय दार्चुलालाई पत्राचार गर्ने निर्णय गरिएको छ। विगतका आयोग, कार्यदल र समितिबाट अधुरा रहेका निवेदनहरूमध्ये प्रक्रिया पुगेकाहरूको जग्गा हदबन्दीका लागि आवश्यक विवरण संकलन गरिनेछ।

विगतका बाँकी कामहरू सम्पादन गर्न कार्यविधि २०८१ अनुसार जिल्लाका सबै ९ वटा स्थानीय तहहरूमा कार्य अघि बढाइने निर्णय गरिएको छ।


अध्यक्ष धामीले दार्चुलाको भूमिसम्बन्धी विवादहरू समाधान गर्दै जिल्लामा स्थायित्व र न्याय सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment