Comments Add Comment

सांसद सूर्य थापाको प्रस्ताव : ‘नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ’


सांसद सूर्य थापाको प्रस्ताव : ‘नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ’

दार्चुला, जेठ १९ – शारदा पन्त ।
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको उपस्थितिमा बसेको संसदीय समितिको बैठकमा नेकपा (एमाले) का सांसद सूर्य थापाले ऐतिहासिक योगदान गरेका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फोटो नेपाली नोटमा राख्न प्रस्ताव गरेका छन्।

बैठकमा बोल्दै थापाले भने, “म राजावादी होइन, गणतन्त्रवादी हो। गणतन्त्र ल्याउन लडेकै हो। तर पृथ्वीनारायण शाहको फोटो नोटमा राख्नुपर्छ। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ।”

थापाले इतिहासलाई भुल्न नहुने भन्दै राष्ट्रिय एकताको प्रतीकका रूपमा पृथ्वीनारायण शाहको योगदानलाई नोटमा प्रतिबिम्बित गर्नुपर्ने बताए। उनका अनुसार, इतिहासमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्नुले राष्ट्रको गरिमा अझ बढ्छ।

विगतमा राजतन्त्र अन्त्यसँगै नेपाली नोटमा देखिने राजपरिवारका तस्बिरहरू हटाइएका थिए। त्यसपछि नेपालको राष्ट्रिय सम्पदालाई झल्काउने चित्रहरू मात्र समावेश हुँदै आएका छन्। तर हाल आएर इतिहासप्रति सम्मान जनाउने स्वर फेरि उठ्न थालेको छ। थापाले शान्तिका प्रतिक गौतम‌ बुद्धको समेत तस्विर नोटमा राख्नुपर्ने माग राखे।

गभर्नर पौडेलको उपस्थितिमा उठेको यो विषयले अब राष्ट्र बैंक र नीति निर्माण तहमा पनि नयाँ बहस जन्माउने सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment