Comments Add Comment

प्रेम सिंह धामीको नाममा लोकमार्ग नामाकरणको सिफारिस

प्रेम सिंह धामीको नाममा लोकमार्ग नामाकरणको सिफारिस

दार्चुला , वैशाख २४ –शारदा पन्त।
नेपालको सार्वभौमिक भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्म जोडिने रणनीतिक महत्त्वको वैतडी–दार्चुला सडक खण्डलाई “प्रेम सिंह धामी लोकमार्ग” नामाकरण गर्न सिफारिस गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाइएको सिफारिस पत्रमा मालिकार्जुन गाउँसभा र जिल्ला सभा दार्चुलाको संयुक्त निर्णयका आधारमा सो प्रस्ताव गरिएको हो।

स्वर्गीय प्रेम सिंह धामी भौतिक पूर्वाधार राज्यमन्त्री रहँदा उक्त सडकको बजेट सुनिश्चित गर्न निर्णायक भूमिका खेलेका थिए। आर्थिक वर्ष २०५२/५३ मा बजेट अपुग भएपछि मन्त्री पद त्याग्ने घोषणा गरेर बजेट ल्याउन दबाब दिएका धामीको योगदान स्मरणीय मानिएको छ।

हाल महाकाली लोकमार्गअन्तर्गत रहेको धनगढी–दार्चुला सडकको अन्य खण्डहरू भीमदत्त पन्त र दशरथ चन्दको नाममा नामाकरण भइसकेका छन्। स्व. धामीको जन्म र कर्मभूमि पर्ने बैतडीको सतबाँझदेखि दार्चुलाको तिंकरसम्मको खण्डलाई उहाँकै नाममा समर्पण गर्दा जनभावनाको कदर हुने सिफारिसकर्ताहरूको तर्क छ।

उक्त सिफारिसमा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले हस्ताक्षर गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment