Comments Add Comment

दार्चुलामा वाईसिएल नेपालको जिल्ला सम्मेलन हुने

दार्चुलामा वाईसिएल नेपालको जिल्ला सम्मेलन हुने

१४ वैशाख २०८२, दार्चुला — शारदा पन्त।
दार्चुला जिल्लामा (माओवादी केन्द्र) भातृ संगठन वाईसिएल (YCL) नेपालको जिल्ला सम्मेलन २०८२ साल वैशाख १५ गते भोलि हुने भएको छ। YCL Nepal दार्चुलाका संयोजक राजेन्द्र सिंह बोहराका अनुसार सम्मेलन अपि नम्पा होटलको सभाहल, गोकुलेश्वरमा बिहान ११ बजे सुरु हुनेछ।

सम्मेलनमा जिल्लाभरीका नौवटै स्थानीय तहका वाईसिएल नेपालजा वडास्तरीय कमिटी पदाधिकारी/सदस्य, पालिका कमिटी पदाधिकारी/सदस्य, जिल्ला कमिटी , प्रदेश कमिटी तथा केन्द्रिय कमिटी पदाधिकारी/सदस्यहरूको अनिवार्य उपस्थितिको लागि सूचना जारी गरिएको छ। साथै, दार्चुला जिल्लामा कार्यरत वाईसिएलका जिल्ला, प्रदेश र केन्द्रस्तरका प्रमुख एवम् पदाधिकारीहरुको समेत अनिवार्य उपस्थितिको आह्वान गरिएको छ।

कार्यक्रमका संयोजक वाईसिएल नेपाल दार्चुलाका संयोजक राजेन्द्र सिंह बोहराले थप जानकारीका लागि ९८६८८२७३२३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment