शिक्षकहरु चढेको बस दुर्घटना हुँदा सोह्र जना घाइते
१३ वैशाख २०८२, दार्चुला।
शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरु चढेको रात्रीबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र B&C हस्पिटलमा उपचार भइरहेको उनले बताए ।







