दार्चुला: चमेलिया नदी किनारमा डिलासैनीका ४५ वर्षिय साउद मृत फेला
१० वैशाख २०८२, दार्चुला।
जिल्लाको लेकम गाउँपालिका -१ खेताली स्थित चमेलिया नदी किनारमा बैतडी जिल्लाकाे डिलासैनी गाउँपालिका -५ का ४५ वर्षिय श्याम सिंह साउद मृत फेला परेका छन्।
मृतक साउदको शव वैशाख १० गते (आज) दिउँसो १ बजेर ५० मिनेटमा फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।






