माओवादी केन्द्र को तराई-मधेस जागरण अभियान पुन: सुरु
२ वैशाख २०८२, दार्चुला।
नेकपा माओवादी केन्द्र नयाँ वर्ष २०८२ को पहिलो दिनदेखि गैडाकोट नवलपुरबाट पूर्व -पश्चिम हुलाकी राजमार्ग अन्तर्गत तराई मधेस जागरण अभियान सुरु गरेको छ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उच्चस्तरीय नेताहरुले यो अभियानका द्वौरानमा जनतासंग प्रत्यक्ष संवाद गर्दै आइरहेका छन्।
उक्त अभियान टोलिलाई गैडाकोटमा भव्य स्वागत गरिएको छ भने प्रचण्डले सोमबार र मंगलबार नवलपुरमै रहने योजना छ।
फागुन १२ गते झापाको केचनकवलबाट सुरु भएको यो अभियान फागुन २४ गते अस्थायी रुपमा रोकिएको थियो। राष्ट्रिय राजनीतिक परिस्थितिको समिक्षा गर्ने उद्देश्यले काठमाडौं फर्किएका नेताहरुले वैशाख १ देखि नवलपुरबाट पुन: अभियानलाई सक्रिय बनाएका हुन्।
यस अभियानले सुदूरपश्चिम प्रदेश को कन्चनपुर सम्म पुग्ने लक्ष्य राखेको छ। नवलपरासी, कपिलवस्तु, रुपन्देही,दाङ, बर्दिया,बाँके र कैलाली लगायतका जिल्लाहरु बाँकी छन्।
यस अभियानलाई जनतासंग जोड्ने प्रभावकारी माध्यम भनेर माओवादी नेताहरूले दावी गरेका छन् तर केही प्रतिक्रियाहरुमा भने यसलाई अनैतिकताको अभियान भन्ने आरोप पनि लागिरहेको छ।
यस अभियानले पार्टीको आन्तरिक एकतालाई मजबुत पार्ने र राष्ट्रिय स्तरमा प्रभाव बढाउने उद्देश्य राखिएको छ।







