Comments Add Comment

DMC दार्चुलामा प्यानलसहित अध्यक्षमा प्रकाश बडु र सचिवमा लाल सिंह महर निर्वाचित

DMC दार्चुलामा प्यानलसहित अध्यक्षमा प्रकाश बडु र सचिवमा लाल सिंह महर निर्वाचित

२८ चैत २०८१, दार्चुला।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष पदका उम्मेदवार नेविसंघ(नेविसंघ+क्रान्तिकारी)का प्रकाश बडू निर्वाचित भएका छन्।

बडू २२२ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भए भने प्रतिस्पर्धी अनेरास्ववियुका खडक सिंह ठगुन्नाले १९१ मत ल्याए । र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार अनिल चन्द्र जोशी ले २० मत प्राप्त गरेका छन्।


यस्तै सचिव पदमा अखिल क्रान्तिकारी(नेविसंघ+क्रान्तिकारी)का लाल सिंह महर २१८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका दिपु सिंह महताले २१५ मत प्राप्त ल्याएका छन्।


कोषाध्यक्षमा गठबन्धनका जगत सिंह धामीले २४० मत प्राप्त गरेर विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गरेकावछन् ।

अन्य सदस्यहरुमा नेविसंघका बसन्ती बोहरा (२२५), संगीता धामी (२३३), रमिता जोशी (२२५), तनिसा निरौला (२३५), अखिल क्रान्तिकारीका प्रेम सिंह धामी (२२७), सरोजनी ठगुन्ना (२३१) निर्वाचित भएका छन् ।

यहाँ नेविसंघ र अखिल क्रान्तिकारी गठबन्धन गरि प्यानलसहित चुनावमा लडेका थिए । दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता रहेकोमा ४४९ मत खसेको थियो ।

सामानुपातिक तर्फ ४८५ मध्ये ४४५ मत खसेकोमा अनेरास्ववियुले २१०, नेविसंघ+क्रान्तिकारी ले २३४ मत ल्याए भने १ मत बदर गएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment