नेकपा (माओवादी केन्द्र) दार्चुला प्रदेश ‘क’ को बिस्तारित बैठक सुरु
१९ फागुन २०८१ , दार्चुला।
नेकपा (माओवादी केन्द्र) दार्चुलाको प्रदेश क्षेत्र नं ‘क’ को विस्तारित बैठक एवं भेला सदरमुकाम खलंगामा शुरु भएको छ।
जिल्ला समन्वय समिति दार्चुलाका संयोजक पदम राज पन्तको अध्यक्षता, केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता एवम् वैकल्पिक केन्द्रीय सदस्य जमन सिंह धामी को विशिष्ट आतिथ्यता मा भेला शुरु भएको हो।
क्षेत्र नं ‘क’ स्थित पालिकाका पार्टी प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको छ भनि जिल्ला समन्वय समिति सचिव विनोद कुवँर ले जानकारी दिएका छन्।
बैठक आज र भोली खलंगामा चल्ने सचिव कुवँरले बताए।










