Comments Add Comment

मालिकार्जुन सामुदायिक संस्थाको नेतृत्वमा पुन: जोशी चयन

मालिकार्जुन सामुदायिक संस्थाको नेतृत्वमा पुन: जोशी चयन

२ फाल्गुन २०८१, दार्चुला।
मालिकार्जुन सामुदायिक संस्थाद्वारा संचालित रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज को छैटौं वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रम फाल्गुन १ गते विशेष रुपमा मनाइ सम्पन्न भएको छ र संस्थाको नेतृत्वमा पुन: लोकेन्द्र जोशी चयन भएका छन्।

हिजो (फाल्गुन १) गते विश्व रेडियो दिवसका दिन उक्त वार्षिकोत्सब तथा साधारणसभा कार्यक्रम सम्पन्न भएको हो।

२०७६ कात्तिक १२ गतेदेखि परीक्षण प्रसारण सुरु गरिएको रेडियो लोकदर्पणको नियमित प्रसारण २०७६ फागुन १ गतेदेखि सुरु भएको थियो । त्यहि अवसरमा हरेक वर्ष फाल्गुन १ गते वार्षिकोत्सब तथा साधारणसभा मनाइदै आइरहेको छ।

स्टेशन म्यानेजर जोशीका अनुसार संस्था र रेडियोको गत आर्थिक वर्षको कुल आम्दानी २२ लाख ४३ हजार ६१४ रुपियाँ रहेको र व्ययभार ५४ लाख ३१ हजार ७१५ रुपियाँ रहेकोले पुरानो दायित्त र नियमित आम्दानी भन्दा खर्च बढी हुँदा रेडियो सञ्चालनमा समस्या रहेको जानकारी गराउनुभयो ।

संस्थाको छैटौँ साधारणसभाबाट लोकेन्द्र प्रसाद जोशीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा केशवदत्त जोशी, कोषाध्यक्षमा जानकारी देवी जोशी र सदस्यहरुमा अनिता जोशी, कमला रैखोला, रमेश प्रसाद जोशी, दिपक दमाई र केशवदत्त जोशी चयन भएका छन् । लोकदर्पण मिडियामार्फत सञ्चालित सञ्चारमाध्यमलाई थप क्रियाशील बनाउने प्रतिवद्धताका साथ कार्यक्रम सम्पन्न भएो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment