मार्मा गाउँपालिका अपडेट: आजसम्म कुन विद्यालयले कति स्वर्ण जित्यो त ?
१९ पुस २०८१ दार्चुला। मार्मा गाउँपालिका: पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ मा सहभागी विद्यालयहरुमध्ये कस्ले कति पदक प्राप्त गर्यो त ? पुस १९ गतेसम्मको पदक तालिका:
१०० मिटर दौड: छात्रातर्फ मावि तपोवनकी निसा महराले स्वर्ण, मावि लटिनाथ की प्रशंसा भट्टले रजत र मावि लाम्बगरकी सर्मिला नेपाली ले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि लटिनाथका पारस विष्टले स्वर्ण, मावि ताकुका अरविन्द ठगुन्ना ले रजत र मावि सेरीका चांदन महराले कास्य पदक प्राप्त गरेका छन्।
लङ्गजम्प: छात्रातर्फ मावि तपोवनकी निसा महराले स्वर्ण, मावि लटिनाथ की उर्मिला विष्टले रजत र मावि ताकुकी ममिता महराले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि लटिनाथका सुदर्शन सिंह ले स्वर्ण, मावि सेरीका चांदन महराले रजत र मावि तपोवनका आयुश धामी(B) ले कास्य पदक प्राप्त गरेका छन्।
सटफुट: छात्रातर्फ मावि मुरैकी अर्निमा बोहोराले स्वर्ण, मावि सेरीकी निलुमाया पन्त ले स्वर्ण, मावि लटिनाथकी अनुजा विष्टले रजत र मावि तपोवनकी धनसेरा धामीले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि लटिनाथका दर्शन विष्टले स्वर्ण, मावि ताकुका किरन ठगुन्नाले रजत र मावि घोल्जरका दमन ठगुन्नाले कास्य पदक प्राप्त गरेका छन्।
८०० मि. दौड: छात्रातर्फ मावि तपोवनकी नमुना महराले स्वर्ण, मावि लटिनाथ की चन्द्रावती जोशीले रजत र मावि सेरीकी गीता महराले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि लटिनाथका हरिश सिंह विष्टले स्वर्ण, मावि सेरीका रविन सिंह विष्टले रजत र मावि मुरैका विनोद सितोलीले कास्य पदक प्राप्त गरेका छन्।
१५०० मि. दौड: छात्रातर्फ मावि लटिनाथकी चन्द्रावती जोशीलो स्वर्ण, मावि मुरैकी सावित्री महताले रजत र मावि तपोवनकी रेजिना धामीले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि लटिनाथका उमेश कोरले स्वर्ण, मावि तपोवनका मुकेश सिंह धामी ले रजत र मावि मुरैका विनोद सितोलीले कास्य पदक प्राप्त गरेका छन्।
ज्याब्लिङ थ्रो: छात्रातर्फ मावि लटिनाथकी सुनिता विष्टले स्वर्ण, मावि सेरीकी नमिता धानुकले रजत र मावि लामबगरकी पूजा धामीले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि तपोवनका आयुश धामी ले स्वर्ण, मावि मुरैका सुवास टमटाले रजत र मावि लामबगर का जंगव टमटाले कास्य पदक प्राप्त गरेका छन्।
२०० मि. दौड: छात्रातर्फ मावि लटिनाथकी प्रशंसा भट्टले स्वर्ण, मावि तपोवनकी निर्जला धामीले रजत र मावि लामबगरकी सुनिता ओडले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि लटिनाथका पारस विष्टले स्वर्ण, मावि ताकुका अरविन्द ठगुन्नाले रजत र मावि लामबगरका आशिस बोहरा ले कास्य पदक प्राप्त गरेका छन्।
त्रिपलजम्प: छात्रातर्फ मावि लटिनाथकी निरुता विष्टले स्वर्ण, मावि लामाबगर की रबिना ठगुन्नाले रजत र मावि मुरैकी दिपा महता / मावि सेरी निशा महराले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि सेरीका चांदन महराले स्वर्ण, मावि लटिनाथका सचिन विष्टले रजत र मावि मुरैका रोशन टमटाले कास्य पदक प्राप्त गरेका छन् ।
४×१०० रिले दौड: मावि तपोवनकी (गायत्री ओझा,निसा महर, निर्जला धामी,सुस्मा महर)ले स्वर्ण, मावि लटिनाथकी (गायत्री सिंह, प्रशंसा भट्ट, उर्मिला विष्ट, निरुता विष्ट) ले रजत र मावि सेरीकी (सपना ठगुन्ना, रेखा टमटा, गीता महरा, निलुमाया पन्त) ले कास्य पदक प्राप्त गरेकी छन् भने छात्रतर्फ मावि लटिनाथका (पारस विष्ट, उमेश कोर, हरिश सिंह विष्ट,सागर विष्ट) ले स्वर्ण, मावि तपोवनका (सरोज ठगुन्ना, जेनुश धामी, मुकेश धामी , किरन ठगुन्ना) ले रजत र मावि सेरीका (चांदन महरा, आशिस महरा, आश्विन विष्ट, रोसन सिंह विष्ट)ले कास्य पदक प्राप्त गरेका छन्।
बाकी रहेका खेलहरु भोलि २० गते बिहान ९ बजेदेखि शुरु हुने शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले जानकारी दिएका छन्।






