संविधान सभा सदस्य जोशी नेतृत्वको टोलीलाई मार्मा गाउँपालिकामा स्वागत
१० कार्तिक , दार्चुला।
जिल्लाको मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी र उपाध्यक्ष शर्मिला चन्द सिंह ले (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज संविधान सभा सदस्य लक्ष्मण दत्त जोशी, माओवादीकै केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना , प्रदेश सभा सदस्य पूर्वमन्त्री मानबहादुर धामी, जिल्ला संयोजक पदम राज पन्त, प्रदेश कमिटी सदस्य एवम् लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी, प्रदेश कमिटी सदस्य एवम् मालिकार्जुन गाउँपालिका उपाध्यक्ष प्रदेश कल्यान सिंह धामी, जिल्ला समन्वय समिति सचिव एवम् व्याँस गाउँपालिका उपाध्यक्ष विनोद कुवँर लाई खादा माला सहित पालिकामा स्वागत गरेका छन्।
आजै नेकपा (माओवादी केन्द्र) मार्मा गाउँकमिटीको आयोजनामा दशैं, शुभदिपावली, छठपर्व एवम् नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम र कार्यकर्ता भेटघाट कार्यक्रम माओवादी केन्द्र को पार्टी कार्यलय लटिनाथमा शुरु भएको गाउँकमिटी इन्चार्ज धिरेन्द्र सिंह धामीले जानकारी दिएका छन्।








